र्‍यालीसहित महाधिवेशनस्थल पुग्दैछन् एमाले प्रतिनिधि (तस्बिरहरू) « Khabarhub

र्‍यालीसहित महाधिवेशनस्थल पुग्दैछन् एमाले प्रतिनिधि (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु नहुँदै भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान भरिन थालेको छ । प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थलमा पुग्ने क्रम तीव्र बनेको छ ।

देशका विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूसहितका र्‍यालीहरू झण्डा र ब्यानरसहित महाधिवेशन स्थलतर्फ अगाडि बढिरहेका छन् । ठाउँ नपाइने डरका कारण धेरै प्रतिनिधि उद्घाटन समारोह सुरु हुनुअघि नै महाधिवेशन स्थलमा पुगिसकेका छन् । 

यसले सल्लाघारी क्षेत्रलाई बिहानैदेखि उत्साह र चहलपहलले भरिएको बनाएको छ ।

पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू पनि क्रमशः सल्लाघारी पुग्ने क्रम जारी छ । उद्घाटन कार्यक्रमअघि महाधिवेशनस्थलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन् । जसले सहभागीहरूको उत्साह थपेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई उद्घाटन समारोह स्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण तथा अन्य सुरक्षा उपाय अपनाइएको छ ।

नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ । 

उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १६ बजे

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख