र्‍यालीसहित महाधिवेशनस्थल पुग्दैछन् एमाले प्रतिनिधि (तस्बिरहरू) « Khabarhub

र्‍यालीसहित महाधिवेशनस्थल पुग्दैछन् एमाले प्रतिनिधि (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु नहुँदै भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान भरिन थालेको छ । प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थलमा पुग्ने क्रम तीव्र बनेको छ ।

देशका विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूसहितका र्‍यालीहरू झण्डा र ब्यानरसहित महाधिवेशन स्थलतर्फ अगाडि बढिरहेका छन् । ठाउँ नपाइने डरका कारण धेरै प्रतिनिधि उद्घाटन समारोह सुरु हुनुअघि नै महाधिवेशन स्थलमा पुगिसकेका छन् । 

यसले सल्लाघारी क्षेत्रलाई बिहानैदेखि उत्साह र चहलपहलले भरिएको बनाएको छ ।

पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू पनि क्रमशः सल्लाघारी पुग्ने क्रम जारी छ । उद्घाटन कार्यक्रमअघि महाधिवेशनस्थलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन् । जसले सहभागीहरूको उत्साह थपेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई उद्घाटन समारोह स्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण तथा अन्य सुरक्षा उपाय अपनाइएको छ ।

नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ । 

उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १६ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक