अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा « Khabarhub

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका लिङ्देन एमालेको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुगेका हुन् ।

यता नेपाली कांग्रेसले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएको छन् । नेकपाले भने देव गुरुङलाई पठाएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ उपस्थित भएकी छन् । 

एमालेको महाधिवेशनमा शीर्ष नेताहरू उपस्थित नहुँदा लिङदेन उपस्थित हुनलाई अर्थपूर्ण रूपले हेरिएको छ। 

अध्यक्ष लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट २०७९ को निर्वाचनमा एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड मिलेर बनेको नेकपाबाट शीर्ष  नेताहरू एमालेको महाधिवेशनमा नपुग्दा अर्थपूर्ण रूपमा हेरिएको छ । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री जाने भनिए पनि अहिलेसम्म पुगेका छैनन् । उनी सुर्खेतबाट लगत्तै प्लेन चढेर एमालेको महाधिवेशनमा आउने कार्यक्रम थियो तर अहिलेसम्म महाधिवेशन स्थलसम्म पुगेको देखिँदैन ।

नेकपाबाट नेत्रविक्रमचन्द विप्लव पनि कार्यक्रम स्थलमा पुगेको देखिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ४१ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता