वार्तामा बस्न सरकारसँग विप्लवका मुख्य दुई सर्त « Khabarhub

वार्तामा बस्न सरकारसँग विप्लवका मुख्य दुई सर्त


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ ।

महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिबन्ध हटाए वार्ताको टेबुलमा बस्न सकारात्मक रहेको बताएका हुन् ।

विप्लव समूहको हालै बसेको आठौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ , ‘सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ ।’

सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने माग गर्दै विप्लवले यसअघि सरकारले वार्ताको नाममा षडयन्त्र गर्न खोजेको हुँदा वार्ता हुन नसकेको संकेत गरेका छन् ।

त्यस्तै सरकारले पार्टीलाई आर्थिक नाकाबन्दी गरेको भन्दै बैठकले चार महिने चन्दा अभियान चलाउने पनि निर्णय गरेको छ।

बैठकले सातौं बुँदामा निर्णय गरेको छ ‘केपी सरकारले हाम्रो पार्टीलाई आर्थिक ‘नाकाबन्दी र दमन’ गर्ने नीति लिएको सन्दर्भमा पार्टीले व्यापक भन्डाफोर गर्दै मैत्रीपूर्ण तरिकाले आम नागरिकबाट स्वेच्छिक आर्थिक सहयोगका लागि चार महिने आर्थिक अभियान सन्चालन गर्ने निर्णय लिइयो ।’

यस्तै, संगठनात्मक रुपले विप्लव समूह तत्कालिन माओवादी पार्टीको खरानीबाट भएको निष्कर्ष निकाल्दै यसको गठन, पुर्नगठन, शुद्धीकरण र सुदृढीकरण निरन्तर आवश्यक रहेको निचोड निकालेको छ ।

यसका लागि सबै क्षेत्रहरु तल्ला कमिटी, जनसेना, जवस, मोर्चा, विभागहरुमा तदारुकताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १ : ४० बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार