देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल « Khabarhub

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उनले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्छ भने । 

फरक प्रसङ्गमा उनले भने, ‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिष्ट मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’

सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताको पार्टी नेकपा भएकाले यसलाई भ्रष्टाचार नगर्नेहरूको पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताए। उनले सबैलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिँदै मजदुर, जनजाति, दलितलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्छ भने।

 उनले देशलाई राजनीतिक रुपमा निकास दिन नेकपाको उदय भएको बताए। 
 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : १३ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,