जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ « Khabarhub

जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरूले विभिन्न समयमा मुलुकमा परिवर्तन ल्याए पनि जनमुखी शासकीय क्षमता प्रर्दशन गर्न नसक्दा जनतामा असन्तुष्टि उत्पन्न भई विद्रोह सुरु भएको बताए।

सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहिताको अभाव, प्रक्रियागत जटिलताले शासन व्यवस्था सुस्त हुँदा पछिल्लो क्रममा जेन-जी आन्दोलन उत्पन्न भएको उनको भनाइ छ । देशमा आर्थिक समृद्धि हासिल गर्दै सुशासन, समाजिक न्याय, रोजगारीतर्फ अगाडि बढ्दै आपसी सहकार्य समन्वयमार्फत जनचाहना अनुसार सबैले काम गर्नुपर्नेमा उनले जोड दिए ।

छिमेकी देश चीन र भारतले द्रूत गतिमा विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतसाधनले धनी भएर पनि पछाडि पर्नुको कारण खोज्नुपर्ने मन्त्री घिसिङले उल्लेख गरे। 

उनले भने,’राजनीतिक नेतृत्वमा सही व्यक्ति  र युवा आउन जरुरी छ ।’

पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेकामा उनले जोड दिए । 

पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सरकारले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा, उत्तरदायी नेतृत्व दिन सक्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ३० बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक