सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु « Khabarhub

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । 

चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहिद पत्रकार सुरेश रजकको घरमा पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् ।

सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताए । सुरेशको मृत्युको घटनाको छानबिन गरी सत्य तथ्य बाहिर आउनुपर्ने उनले बताए । 

सरकारले सहिद घोषणा गरिसकेकाले सुरेशलाई हरेक नेपालीले सदैव सम्मानपूर्वक स्मरण गर्ने उनको भनाइ छ । 

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो ।

घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : १७ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका