मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ? « Khabarhub

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीले एक्कासि रङ्गशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्।

अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बङ्गालमा पुगेका थिए।

मेसीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रङ्गशालामा खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका थिए।

मेसीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमेर अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रङ्गशालामा पुगेका दर्शकले बताए।

टिकटको लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रङ्गशालाका सीटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्र्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए।

“मेसीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो। तर, रङ्गशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु,” ३७ वर्षीय व्यवसायी नवीन चटर्जीले भने।

तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर (७० फिट) को विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गरेका थिए।

उनले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रसंशकले गरेका थिए।

अर्का एक प्रशंसकले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेका बताए।

“मैले टिकटका लागि ५५ हजार रुपैयाँ तिरेको थिएँ र मेरो छोरासँग मेस्सी हेर्न आएको थिएँ, राजनीतिज्ञ होइन। प्रहरी र सेनाका जवानले उनीसँग सेल्फी खिचिरहेका थिए र यसको दोष व्यवस्थापनको हो,” पिटिआईले दर्शकमध्येका एक अजय शाहलाई उद्धृत गरी लेखेको छ।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आफू अव्यवस्थाबाट ‘विचलित’ र ‘दुःखी’ भएको बताइन्।

उनले भनिन्, “म यस घटनाका लागि मेस्सी, सबै खेलप्रेमी र उनका प्रशंसकहरूसँग माफी माग्छु।”

मेस्सी कोलकातापछि हैदरावाद, मुम्बई र नयाँ दिल्ली जाने कार्यक्रम रहेको थियो।

भारतमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ।

इन्टर मियामीलाई एमएलएसको उपाधि जिताउँदै मेसीले लगातार दोस्रो पटक यसै हप्ता ‘मेजर लिग सकर मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ जितेका थिए।

बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर मेस्सीले आगामी जुन-जुलाईमा उत्तर अमेरिकामा हुने विश्वकपमा अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व गर्नेछन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : १७ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि