बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ? « Khabarhub

बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आफ्नो टिम व्यवस्थापनमा समस्या भएपछि अध्यक्ष ओलीले बन्दसत्र रोकेर केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा ४ पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव लाँदैछन् ।

प्रस्तावअनुसार चितवनमा भएको दसौं महाधिवेशनमा जस्तो पदाधिकारी १९ हुनेछन् ।

ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गर्ने सम्भावना छ। उता २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लान लागेका हुन् ।

केन्द्रीय कमिटीमा ओलीको बहुमत भएकोले यो प्रस्ताव पारित हुनसक्छ । यसअघि शुक्रबारको सचिवालय बैठकमा ओलीको प्रस्ताव फेल भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ०१ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं – चुनाव विश्लेषणसम्बन्धी सामग्री हटाउन वा सम्पादन गर्न दिएको

पत्रकार सुवेदीलाई भौतिक आक्रमणको धम्की, महासंघको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकार राजु

कतारको एयरस्पेस बन्द, एतिहाद र कतार एयरवेजका उडान अनिश्चितकाललाई प्रभावित

काठमाडौं– अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वबाट हुने हवाई