सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’ « Khabarhub

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।

सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ । जहाँ उक्त सामुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।

यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन् । ती कक्षमा थारु समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन् । व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन् ।

प्रदर्शनी घरमा थारू परिकार पाइनुका साथै थारू संस्कृतिका विभिन्न गीत, नाचगान प्रस्तुति गर्ने गरिएको छ । यहाँ अवलोकनका लागि आउने दर्शकले ती लोकगीत सुुन्न तथा नाचगानमा झम्मिन्छन् ।

सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपानलाई जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले प्रत्येक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आएका छन् । चौधरीले त्यसको व्यवस्थापनका लागि १० लाख जति लगानी गरेको र करिब १५ लाखबराबरको कारोबार हुने अनुमान रहेको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : १६ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक