सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’ « Khabarhub

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।

सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ । जहाँ उक्त सामुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।

यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन् । ती कक्षमा थारु समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन् । व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन् ।

प्रदर्शनी घरमा थारू परिकार पाइनुका साथै थारू संस्कृतिका विभिन्न गीत, नाचगान प्रस्तुति गर्ने गरिएको छ । यहाँ अवलोकनका लागि आउने दर्शकले ती लोकगीत सुुन्न तथा नाचगानमा झम्मिन्छन् ।

सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपानलाई जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले प्रत्येक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आएका छन् । चौधरीले त्यसको व्यवस्थापनका लागि १० लाख जति लगानी गरेको र करिब १५ लाखबराबरको कारोबार हुने अनुमान रहेको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : १६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो