याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक « Khabarhub

याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ । 

यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्राका दौरान पालन गर्नसक्ने सुरक्षा सुझावसहितको नयाँ सुरक्षा केन्द्र ‘सेफ्टी सेन्टर’ पनि समावेश गरिएको छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ सेफ्टी सेन्टरमा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची प्रदर्शित हुन्छ । यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क ( विश्वसनीय सम्पर्कहरू) थप्नु, सेल्फी प्रमाणिकरण गर्नु, वा इमेल अद्यावधिक गर्नु जस्ता चरणहरू समावेश छन् ।
 
कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ । यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने, तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा जान्न सक्छन् । मुख्य स्क्रिनमा आपतकालीन अवस्थाका लागि सधैं एसओएस सिग्नल र सपोर्टका लागि (कुइक एक्सेस) बटनहरू उपलब्ध हुन्छन् ।

नयाँ सेफ्टी सेन्टरले यात्राको हालको स्थिति देखाउँछ र कुन–कुन सुरक्षा जाँचहरू तथा सुविधाहरू सक्रिय छन् भन्ने संकेत गर्दछ। सुरक्षा स्तरको गणनामा निम्न कारकहरू समावेश हुन्छन्ः

● चालक पहिचानको नवीनतम प्रमाणीकरणः
पार्टनर चालकहरूले आफ्नो चालक अनुमति पत्र (दुवै तर्फ) का फोटो र अनुमति पत्र समातेको सेल्फी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ । सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्छ। यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन पाउँदैनन् ।

● गतिमा नियन्त्रणः
याङ्गो राइड एपले जीपीएस प्रयोग गरी चालकको मार्ग र गति ट्रयाक गर्छ । उक्त गति मार्ग निर्माणका लागि प्रयोग गरिएको नेभिगेटरका आधारमा सो सडकमा अनुमति दिइएको अधिकतम गतिसँग तुलना गरिन्छ ।

● ड्राइभिङ शैली नियन्त्रणः
ड्राइभिङ व्यवहार निगरानी प्रणालीले चालकलाई सुरक्षित रूपमा ड्राइभ गर्न सहयोग गर्छ । यसले चालकको स्मार्टफोनमा रहेको एक्सेलेरोमिटर र जाइरोस्कोपका डेटा विश्लेषण गरी अचानक तीव्र गतिवृद्धि, गति घटाउने, वा अनियन्त्रित मोडजस्ता जोखिमपूर्ण गतिविधि पत्ता लगाउँछ । प्रत्येक असुरक्षित ड्राइभिङका घटना पछि चालकलाई सावधानीपूर्वक चलाउन चेतावनी पठाइन्छ । चेतावनीहरू बेवास्ता गरेमा सेवामा पहुँच सीमित गर्न सकिन्छ ।

याङ्गो राइड को मुख्य प्राथमिकताः सुरक्षा
याङ्गो राइड सेवामा यात्रु र पार्टनर चालक दुवैका लागि यात्राअघि, यात्रा दौरान र यात्रा पछि प्रयोग गर्न मिल्ने ३० भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन् ।

यी सुविधाहरूमा गति र ड्राइभिङ शैली निगरानी, विश्वसनीय सम्पर्कसँग मार्ग र विवरण शेयर गर्ने सुविधा, आपतकालीन अवस्थामा क्इक् नम्बरमा द्रुत पहुँच, तथा अन्य धेरै विकल्पहरू समावेश छन् । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : २१ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन