संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड « Khabarhub

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

संघीय संसद् सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसद्को प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसद्को जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

विगतका गतिविधिहरूलाई समीक्षा गर्दै सांसदलाई आगामी दिनमा जनताले विश्वास गर्ने थलोका रुपमा प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनले बताए । 

उनले देशमा व्यापक भ्रष्टाचार छ भन्ने भाष्य बन्दै गएको भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दललगायत सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको धारणा राखे ।

समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले प्रचलित केही ऐनहरू संशोधन वा एकीकृत नभएका कारण कर्मचारीहरूको वृत्ति विकासका साथै थप उन्नत सिप, ज्ञान निपुणताको लागि पनि कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा संघीय सांसदका केही कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : २८ बजे

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक