संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड « Khabarhub

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

संघीय संसद् सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसद्को प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसद्को जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

विगतका गतिविधिहरूलाई समीक्षा गर्दै सांसदलाई आगामी दिनमा जनताले विश्वास गर्ने थलोका रुपमा प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनले बताए । 

उनले देशमा व्यापक भ्रष्टाचार छ भन्ने भाष्य बन्दै गएको भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दललगायत सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको धारणा राखे ।

समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले प्रचलित केही ऐनहरू संशोधन वा एकीकृत नभएका कारण कर्मचारीहरूको वृत्ति विकासका साथै थप उन्नत सिप, ज्ञान निपुणताको लागि पनि कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा संघीय सांसदका केही कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : २८ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता