यू-२३ फुटबल टोली कतार जाँदै « Khabarhub

यू-२३ फुटबल टोली कतार जाँदै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोली मंगलबार बेलुका कतार जाने भएको छ ।

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बेलुका कतार प्रस्थान गर्न लागेको हो । नेपाली टोलीलाई आज एन्फाले विदाई गरेको थियो । नेपालले म्यानमारको उमेरसमूहको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने छ ।

मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने सागको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यही कार्तिक ८ गते म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्नेछ । खेल कतारको दोहामा हुनेछ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले मैत्रीपूर्ण खेल हुनु नेपाली टोलीका लागि सुखद् रहेको बताए ।

‘म्यानमारसँगको खेल एक्सपोजर पाउनु राम्रो पक्ष हो । यो निकै चुनौति पनि छ तर, यसले घरेलु मैदानमा हुने सागलाई सघाउनेछ,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

नेपाली टोली

अनन्त तामाङ, अञ्जन बिष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्कि, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, शेसेहाङ आङ्देम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ०८ बजे

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित