सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू) « Khabarhub

सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न माग राखी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा, प्रवेश पास नपाएपछि जेन-जी घाइतेहरू धर्ना बसेका छन् । 

आइतबार ९ बजेबाट कुरी बसेका जेन-जी घाइते सिंहदरबारमा प्रवेश गर्न नपाएपछि पश्चिम गेटमा धर्ना बसेका हुन् ।

उनीहरूले रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै धर्ना बसिरहेका छन् । 

यस्तो छ उनीहरूको माग पत्र : 

विषय : रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गरी पाउँ भन्ने मागहरू राखेर धर्ना बसिरहेका छन् । 

महोदय,
उपयुक्त सम्बन्धमा पुँजी बजार क्षेत्र देशको आर्थिक विकासमा अहम् भूमिका निर्वाह गर्ने क्षेत्र रहेको तर यस क्षेत्रको विकास, विस्तार, आधुनिकीकरण र सुधारमा सरकारको उचित ध्यान नपुगेको कारणले, समय समयमा यस क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार लगायतका घटनाहरूको भिडियो तथा लिखित सामाग्री नेपालका राष्ट्रिय दैनिक अनलाइन तथा पत्रिकाहरूमा सार्वजनिक भइरहेको र यसै क्रममा हाल चर्चामा रहेको रिलायन्स स्पीनिङ्ग मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन पनि अनियमितताको उच्च उदाहरणको रूपमा चर्चामा रहेको र यस घोटालामा नेपाल धितो पत्र बोर्ड, अर्थ मन्त्रालयका कर्मचारीहरू कम्पनी, नेप्से, क्रेडिट रेटिङ एजेंसी, लेखापरीक्षक, कम्पनी रजिष्ट्रारको कार्यालय, योग्य संस्थागत लगानीकर्ता, नेपाल धितो पत्र बोर्डका सञ्चालकहरूको मिलेमतो देखिएकी र नेपाल धितो पत्र बोर्डका पूर्व अध्यक्षहरू भीष्मराज ढुङ्गाना र रमेशकुमार हमाल, कार्यवाहक अध्यक्षहरू नरेन्द्र राजा र महेश बरालका कामकारबाही विवादास्पद रहेकी र हालका अध्यक्ष पनि विवादমা रहेकोले, यस क्षेत्रमा संलग्न ७३ लाख लगानीकर्ता, भ्रष्टाचार विरुद्धको लडाइँमा सहिद भएका ७८ जना Gen-Z युवाहरू, Gen-Z घाइते युवाहरू, नेपाली नागरिकहरूको हितको रक्षाको लागि देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन उपयुक्त कदम चल्न र उक्त क्षेत्रमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि आवश्यक कदम चाल्न संयुक्त Gen-Z सायम् बाध्य पारिएको छ । त्यस कारण नेपाल धितो पत्र बोर्डका अध्यक्षको तत्काल राजीनामाको माग गर्दै यस्तो प्रकारका क्रियाकलापहरूमा लगाम नलगाइएमा, नेपालको आर्थिक क्षेत्र खैरो सूचीबाट कालो सूचीमा जान सक्ने ब्यहोरा पनि जानकारी गराउँछौँ ।

मागहरू :

१) रिलायन्स स्पीनिङ्गन् मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि निष्कासित आईपीऔ बाडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने ।

२) निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितो पत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नु पर्ने ।

३) बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नु पर्ने ।

४) भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ४० बजे

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक