साफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई « Khabarhub

साफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफ फुटबल क्लब काठमाडौंमा जारी साफ क्लब महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको हो । 

एपीएफका लागि एक मात्रै निर्णायक गोल रश्मिकुमारी घिसिङले खेलको ५२ औंं मिनेटमा गरेकी थिइन् ।

च्याम्पियनसिपमा एपीएफको यो दोस्रो जित हो । जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्‍याएको छ । 

लगातार दुई हार बेहोरको कराँची भने उपाधि होडबाट बाहिरिएको छ । एपीएफले अब लिग चरणमा भारतको इस्ट बंगला एफसीसँग अन्तिम खेल खेल्नेछ ।

पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी छन् ।

च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ५४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि