सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ?  « Khabarhub

सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ? 


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शत्रुहरूले गालीगलौज गरेका बेलामा आफ्नै सहकर्मीबाट माया नपाएको गुनासो गरेका छन्। 

बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा अभिव्यक्ति दिएपछि ओलीले दुनियाँ विरोधीहरूले लखेटेका बेलामा आफ्नै पार्टीका साथीहरूबाट माया र साथ नपाएको गुनासो गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको नामै किटान गरेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव बैठकमा राखेका छन्। सम्बोधनका क्रममा ओलीले बुढेसकालमा डोकोमा हालेर फ्याँक्छौँ भन्ने जस्तै भाष्य नबोक्नसमेत आग्रह गरे । 

‘साथीहरूले ईश्वर कमरेडको डोको फिर्ता लैजाऊँ है, तपाईँहरूलाई पनि फाल्नुपर्छ भन्छन्, मेरो तर्फबाट घच्चमच्च भएको भए सरी । डोकोमा हालेर फाल्छु भनेर त कहाँ हुन्छ र ?’, अध्यक्ष ओलीले भने, ‘चौतर्फी घेराबन्दी गरी केपी ओलीलाई एक्ल्याएको बेला मेरा साथीहरूले माया गर्नुहोला भनेको, त्यो पाइनँ । मैले देश र जनताको शिर निहुराउने काम गरेको छैन। ईश्वर कमरेडले मेरो निरन्तरताले पार्टी ध्वस्त हुन्छ भनेको सुन्छु ,यो पटक्कै होइन।’

ओलीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा आफूले कुनै गल्ती नगरेकोसमेत दाबी गरेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ३५ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक