के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ? « Khabarhub

के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ?



काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ । केन्द्रीय कार्यसमिति हेरफेर गर्ने कसरतमा रहेको एमालेले २८ गतेलाई महाधिवेशन उद्घाटनको मिति तोकेको थियो । त्यस दिन एमालेले देशैभरबाट दशौँ हजार कार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्‍यो ।

तोकिएकै समयमा महाधिवेशन हुनु र आन्दोलनपछिको संवेदनशील परिस्थितिमा पनि कार्यकर्ताको बाक्लो उपस्थिति देखिनुलाई सकारात्मक कोणबाट हेरिएको छ । यो महाधिवेशनले १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । यसका लागि दोश्रो दिन आइतबार भृकुटीमण्डपमा दिनभर छलफल चल्यो ।

कार्यक्रमस्थलमा दूरदराजबाट उत्साहका साथ नेतृत्व चुन्न आएका महिला, युवा तथा वृद्धलगायत विभिन्न जातजातिको पहिचान झल्किने पोसाकमा सजिएकाहरुको उपस्थिती पनि बाक्लै देखियो । खबरहबसँगको कुराकानीमा तीमध्ये अधिकांशले पार्टीलाई निकास दिन ओलीको विकल्प नरहेको बताए ।

सोही क्रममा कार्यक्रमस्थलमा भेटिएकी कपिलवस्तुबाट आएकी मुस्लिम प्रतिनिधि तथा लुम्बिनी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य फौजियाना सिंह भन्छिन्- ‘पहिलोपटक प्रतिनिधि बनेर आएकी हुँ । मैले केपी ओलीलाई समर्थन गर्ने हो । उनले महिला, युवा, धर्म जाति कसैलाई भेदभाव गर्दैनन् । समान व्यवहार गर्छन् । विकासमा पनि धेरै ध्यान दिएका छन् ।’

दैलेखमा भइरहेको ग्याँस उत्खखन्, देशका मुख्य सडक विस्तार, सुरुङमार्ग निर्माण लगायत विकासको काम ओलीको अग्रसरतामा भएको उनले दाबी गरिन् । कञ्चनपुरको दोधारा चादँनी अर्थात सीमापारिको गाउँलाई प्रतिनिधित्व गर्दै नेतृत्व चुन्न आएकी चिनी गिरी पनि कार्यक्रमस्थलमा भेटिइन् । गिरी पनि सिंहजस्तै ओलीकै समर्थक थिइन् ।

पुनः ओलीलाई नै किन नेतृत्वमा देख्न चाहानुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म २०७४ को उपप्रमुख पनि हुँ । पार्टी नेतृत्वको सहयोगमा महाकालीमा ४ लेनको पक्की पुल बनिरहेको छ । १५ शैय्याको अस्पताल बनेको छ । उहाँले आफ्नो सम्पत्ति सरकारको नाममा गरिसक्नुभएको छ । उहाँले भ्रष्टाचार कस्का लागि गर्ने ? एक्लो हुनुहुन्छ, त्यसैले पनि उहाँमाथि विश्वास छ । नाकाबन्दी, देशको नयाँ नक्सा ल्याउन उहाँले खेलेको भूमिका अविस्मरणीय छन् । भूकम्पले भत्किएको धरहरा बनाउन र हिमाल पहाड तराईलाई समान रुपमा हेर्नुभएको छ ।’

उनले भनिन्, ‘जेन–जीले बनाएको सरकारले पनि उनीहरुको माग पूरा गर्न सकेको छैन । रणनीति नहुँदा आन्दोलन सार्थक बनेको देखिँदैन ।’ यस्तै, तेस्रोपटक महाधिवेशन प्रतिनिधिको रुपमा कास्कीबाट आएकी बसन्त सुवेदीले भने देशमा भइरहेको अन्तराष्ट्रिय हस्तक्षेप रोक्न ओलीनै नेतृत्वमा आउनुपर्ने बताइन् । ‘देशमा विदेशीको हस्तक्षेप छ । जेन–जीको माग पार्टीको नेतृत्व परिवर्तन होस् भन्ने होइन, सुशासन होस, भ्रष्टाचार नहोस् भन्ने उनीहरुको मुख्य माग हो । त्यसमा हाइज्याक भको हो । महिला, दलित, उत्पिडित सबैको निकास दिने केपि ओलीनै हो ।’

झापाकी यशोदादेवी खरेल भन्छिन्, ‘एमालेले जहिलेपनि युवालाई स्थान दिने गरेको छ । अहिले झन् विशेष कोटा छ । मनोनित गरेरै भएपनि एमालेमा महिलाको सहभागिता शतप्रतिशत छ ।’ यस्तै, महिला युवा प्रतिनिधि अञ्जना शिवाकोटी भन्छिन्, ‘यतिबेला केही साथीहरु अध्यक्षको विरोधमा बोलेर भाइरल बन्न खोजिरहनुभएको छ । अन्यथा एमालेमा भएको युवापुस्ताले उहाँको विकल्प खोजेको छैन । उहाँले शिक्षा, स्वास्थ्य, सुशासन लगायतका हाम्रा मुद्दा सम्बोधन गर्नेमा एमालेका युवा पुस्ता ढुक्क छौं ।’

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ३५ बजे

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने

कोराभित्र उम्मेदवार पिता, शोकबीचको चुनावी घरदैलो गर्दैछन् छोरी

विराटनगर- मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन