कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास « Khabarhub

कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नम्बर ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गरे ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको शुभारम्भ गरेका हुन् ।

नगरप्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह गरे । यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटो विस्तारै बन्दै जाने उनको भनाइ छ । नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकका लागि पालिकाको एक करोड ८० लाख र प्रदेश सरकारको एक करोड २० लाख गरी तीन करोडको बजेटमा जीएराम माता कङ्कालीनी जेभीले दुई करोड तीन लाख ९० हजारमा ठेक्का सकारेको हो ।

२०८२ मङ्सिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । (रासस)

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : २६ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा