सरकारले दलहरूसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

सरकारले दलहरूसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन् ।

आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताए ।

नेता नेपालले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ ।’

आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपी सरकार र राजनीतिक दलहरूबीचको संवाद पर्याप्त नभएको उनको टिप्पणी थियो ।

जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमले त्यो भाष्यलाई पुष्टि नगरेको उनको भनाइ छ ।

नेपाली जनता सधैँ राजनीतिक आस्थामा रहेको भन्दै उनले निर्वाचन गर्नका निम्ति सरकारले दलहरूसँग संवाद गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन