ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी « Khabarhub

ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार महाधिवेशनस्थल पुगेर उनले औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

ओलीले उम्मेदवारी दर्ता गराए पनि उनको प्यानल भने अहिलेसम्म सार्वजनिक भएको छैन। उपाध्यक्ष पदमा उपमहासचिव प्रदीप ज्ञवालीले उम्मेदवारी नदिने निर्णय गरेपछि प्यानल घोषणा ढिलाइ भएको बताइएको छ।

महाधिवेशनको निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहेको छ भने विभिन्न पदका लागि आकांक्षीबीच आन्तरिक छलफल र समन्वय जारी छ।

उम्मेदवारी दर्ता गराउँदा उनीसँगै स्थायी कमिटी सदस्य महेश बस्नेत र महासचिव शंकर पोखरेल पनि देखिएका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ३ : २९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित