‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’ « Khabarhub

‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
 
आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठेगानाभन्दा फरक  जिल्लामा रहेका मतदातालाई मताधिकार प्रयोग गर्न पाउने गरी अन्तर–जिल्ला मतदान अधिकारको व्यवस्था गर्न आग्रह गरेको हो । 

समाजका अध्यक्ष फणिन्द्र नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले अन्तर–जिल्ला रुपमा बसोबास गर्ने मतदातालाई पनि सहज रूपमा मतदान गर्न पाउने व्यवस्था आवश्यक रहेको बताए।
 
उनले भने ‘आगामी निर्वाचनमा अन्तर–जिल्ला मतदान, अस्थायी मतदाता दर्ता वा प्रविधिमार्फत सुरक्षित मतदान प्रणाली लागू गर्न सकिने सम्भावना छ ।’

समाजले नेपालका धेरै नागरिक शिक्षा, रोजगारी, व्यापार तथा अन्य कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेकाले स्थायी ठेगानामै जानुपर्ने बाध्यताका कारण धेरै नागरिक मतदानबाट वञ्चित हुनुपरेको विषयमा जानकारी गराएको अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : १६ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।