राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन « Khabarhub

राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो । 

समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । 

निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाश कुमार श्रेष्ठ, सदस्यमा प्राडा सुनिती श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले प्रचलित कानुनमा व्यवस्था भए बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

बैठकले सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको प्रवक्ता खरेलले बताए । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ५१ बजे

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित

एमाले महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं- नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ

एमालेको प्रचार : कोही छाता डुलाउँदै, कोही बाजा बजाउँदै (तस्बिरहरू)

काठमाडौं–  नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष