काँग्रेसले भन्यो- नागरिकमाथि डोजर चलाइनु गम्भीर र अक्षम्य « Khabarhub

काँग्रेसले भन्यो- नागरिकमाथि डोजर चलाइनु गम्भीर र अक्षम्य


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- बैतडीमा बाटो खन्ने क्रममा भएको डोजर आक्रमणको घटनाप्रति प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले दशरथचन्द नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दागर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई सोमबार एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा अगाडि भनिएको छ ‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ । नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कारवाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।’

नेपाली कांग्रेसका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनीतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा श्रीबहादुर सिंह थापालाई बैतडी पठाइएको पनि विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहेका संविधान सभा सदस्य थापाले मंगलबार साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्ने पनि विज्ञप्तीमा जनाइएको छ ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा आठ जना घाइते भएका छन् । घाइतेमध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेका थिए ।

यसैबीच स्थानीयमाथि डोजर चलाउने चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ४४ बजे

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय