कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ « Khabarhub

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा तीन सय ४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
    
जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएका हुन् ।

अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो ‘सर्च तथा स्विप अपरेशन’ सञ्चालन गरिरहेको छ ।  

जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले विभिन्न ठाउँबाट पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतसमक्ष पेस गरिएको जानकारी दिए  । 

‘यो मङ्सिर महिनाभित्र ३४२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छौँ’, उनले भने, ‘पक्राउ पर्नेमा फैसला भएर कैद तथा जरिवाना तिर्न बाँकी अदालतमा उपस्थित नहुने प्रतिवादी छन् ।’ 

फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो ।  पक्राउ पर्नेमा लागूऔषध, बहुविवाह, बैंकिङ कसुरजस्ता मुद्दाका प्रतिवादी छन् । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : २१ बजे

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध

काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका