मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण « Khabarhub

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण गरिएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले आज लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका वन्यजन्तु पीडितलाई बैंक खातामा जम्मा हुने गरी क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरेको हो ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१-०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम पाउन बाँकी २८  घरधुरीका १०५ वटा पशुधनको क्षति भएकामा सो क्षतिपूर्तिबापतको राहत रकम उपलब्ध गराएको जनाएको छ । 

प्रमुख उमेश पौडेलका अनुसार गत साल छुटेका र गत आवमा वन्यजन्तुबाट भएको पशुधन क्षतिबापत १५ लाख सम्बन्धित पशुधनीहरुको बैंक खातमा राहत रकम दाखिला गरिएको छ । 

एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका दुई स्थानीय तहका पशुधनीले पालेका घोडा १६ वटा, च्याङ्ग्रा ६३ वटा, भेडा २१ वटा र याक पाँच वटाको क्षतिबापतको राहत रकम वितरण गरिएको प्रमुख पौडेलले उल्लेख गरे ।

 एक्यापका अनुसार गत आवमा क्षति भएकामध्ये ७७ वटा पशुधन हिउँ चितुवाको आक्रमणबाट र २८ वटा जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको थियो । 

यसैगरी चालु आवको पाँच महिनामा माथिल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट ४३ वटा पशुधनको क्षति भएको छ । जसमध्ये १९ वटा पशुधन हिउँ चितुवाबाट र २४ वटा पशुधन जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको एक्यापले जनाएको छ ।

गत असार ३१ गते माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पशुधनीहरुलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षतिपूर्ति बापत राहत रकम १२ घरधुरीलाई ११ लाख ३५ हजार सम्बन्धित पशुधनीको बैंक खातामा जम्मा हुने गरी उपलब्ध गराएको थियो ।
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ३३ बजे

जापानले सुरु गर्‍यो बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक – जापान सरकारको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – २०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ

आज २०८३ साल जेठ १२ गते मंगलबारको राशिफल

काठमाडौं – २०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै