आहा रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा जारी १७ औँ आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र नेपाल आर्मी भिड्ने भएका छन् ।  पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा नेपाल आर्मी क्लवले क्यामरुनी टोली दाउफिन्स फुटबल क्लबलाई १० गोल अन्तरले पराजित गरेपछि आर्मीले उपाधिका लागि थ्रीस्टार संगको भेट पक्का गरेको हो ।

सहरा क्लव पोखराको आयोजनामा संचालित प्रतियोगीताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ, भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ ।

प्रतियोगितामा सर्बा्धिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : २६ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश