निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ « Khabarhub

एमाले महाधिवेशन

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

महासचिवमा उम्मेदवार बन्न नपाएपछि हिजो महाधिवेशनस्थलबाट मन दुखाएर बाहिरिएका ज्ञवालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत केपी ओलीले अगुवाइ गरेको सिंगो टिमलाई विजयी गराउन अपिल गरेका हुन् ।

उनले महाधिवेशन अन्तर्गत आजको चुनाव हुने दिनलाई सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण भन्दै यसले एमालेको आन्तरिक जीवनका लागि मात्र नभएर चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने उल्लेख गरेका छन् ।

उनले आफू यस पटक पार्टीको केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवार रहेकाले सबैको मत र मन पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ८ : ०५ बजे

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह