विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान « Khabarhub

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एकअर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीहरूलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् । 

ढाकास्थित भारतीय उच्चायोगले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार यस परम्पराअन्तर्गत दुवै देशका वीर सैनिकहरूबीच आपसी सम्मान र ऐतिहासिक मित्रताको सन्देश प्रवाह भइरहेको छ ।

मुक्ति युद्धको ५४औँ वार्षिकोत्सवको अवसरमा आठ जना बहादुर मुक्तिजोधा तथा बङ्गलादेश सशस्त्र बलका दुई जना सेवारत अधिकारीहरू डिसेम्बर १४ मा भारतको कोलकातामा आयोजित विजय दिवस समारोहमा सहभागी हुन भारत पुगेका थिए।

त्यसैगरी, आठ जना भारतीय युद्धका दिग्गज तथा भारतीय सशस्त्र बलका दुई जना सेवारत अधिकारीहरू डिसेम्बर १५ मा बङ्गलादेशको विजय दिवस समारोहमा सहभागी हुन ढाका पुगेका थिए ।

भारतीय उच्च आयोगले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यी आदानप्रदान भ्रमणहरूले बङ्गलादेशी मुक्तिजोधा र भारतीय युद्धका दिग्गजहरूलाई हाम्रा दुई राष्ट्रबीचको अनौठो र ऐतिहासिक मित्रताको उत्सव मनाउने अवसर प्रदान गर्दछ । यसले मुक्ति युद्धका स्मृतिहरूलाई पुनः ताजा गराउँछ, जुन बङ्गलादेशको कब्जा, उत्पीडन र सामूहिक अत्याचारबाट स्वतन्त्रताका लागि बङ्गलादेश र भारतका सशस्त्र सेनाहरूले दिएको साझा बलिदानको प्रतीक हो ।’

यसै अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सामाजिक सञ्जालमार्फत ५४औँ विजय दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् । एक्समा गरिएको पोस्टमा प्रधानमन्त्री मोदीले सन् १९७१ को युद्धमा अदम्य साहसका साथ लडेका सशस्त्र सेनाका वीर जवानहरूलाई स्मरण गरे, जसले बङ्गलादेशको स्वतन्त्रताका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले ती वीर सैनिकहरूको अतुलनीय राष्ट्रप्रेम र समर्पणप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रधानमन्त्री मोदीले लेखेका छन्, “विजय दिवसको अवसरमा हामी ती बहादुर सैनिकहरूलाई स्मरण गर्दछौँ, जसको साहस र बलिदानले सन् १९७१ मा भारतको ऐतिहासिक विजय सुनिश्चित गर्‍यो । उनीहरूको दृढ संकल्प र निस्वार्थ सेवाले हाम्रो राष्ट्रको रक्षा गर्‍यो र इतिहासमा गर्वका सुनौलो अक्षर अंकित गर्‍यो । यो दिन उनीहरूको वीरताको सलामी र उनीहरूको अतुलनीय आत्माको स्मरणका रूपमा खडा हुन्छ । उनीहरूको वीरताले भारतीयहरूको पुस्ता–पुस्तालाई निरन्तर प्रेरणा दिइरहेको छ ।’

यसैगरी, भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले पनि विजय दिवसको अवसरमा भारतीय सशस्त्र बलको अद्वितीय भक्ति, साहस र देशभक्तिप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले हालै २६ जनाको ज्यान लिने भयावह पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले सञ्चालन गरेको प्रतिक्रियात्मक सैन्य कारबाही ‘अपरेसन सिन्दूर’ का क्रममा सेनाले देखाएको अदम्य साहस र वीरतालाई पनि स्मरण गरे ।

राष्ट्रपति मुर्मूले एक्समा लेखेका छन् ‘विजय दिवसको पावन अवसरमा म भारत माताका बहादुर छोराहरूलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु । उनीहरूको साहस, वीरता र मातृभूमिप्रतिको अतुलनीय भक्तिले राष्ट्रलाई सधैँ गर्वले भरिदिन्छ । उनीहरूको देशभक्ति र वीरताले देशवासीलाई निरन्तर प्रेरणा दिनेछ । भारतीय सेनाको ‘स्वदेशीकरणमार्फत सशक्तीकरण’ पहलले भविष्यका चुनौतीहरू सामना गर्न तयार रहने हाम्रो प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ । अपरेसन सिन्दूरमा सेनाले आत्मनिर्भरता, रणनीतिक सङ्कल्प र आधुनिक युद्ध प्रविधिको प्रभावकारी प्रयोग प्रदर्शन गरेको छ, जसले सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत बनेको छ । म सबै सैनिक र उनीहरूका परिवारजनलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

भारतीय सेनाले पनि सार्वजनिक सूचनाको अतिरिक्त महानिर्देशालयमार्फत सामाजिक सञ्जालमा बङ्गलादेशको स्वतन्त्रताको ऐतिहासिक कथालाई स्मरण गर्दै भारतीय सशस्त्र बलको वीरता र राष्ट्रवादलाई उजागर गरेको छ । एक्समा गरिएको पोस्टमा भनिएको छ, ‘विजय दिवस केवल एउटा मिति मात्र होइन, यो सन् १९७१ को युद्धमा भारतीय सशस्त्र बलले हासिल गरेको ऐतिहासिक र निर्णायक विजयको प्रतीक हो ।’

पोस्टमा थप उल्लेख गरिएको छ कि यो युद्ध भारतको सैन्य इतिहासलाई पुनः परिभाषित गर्ने विजय थियो । 

“यो त्यस्तो विजय थियो, जहाँ मुक्तिबाहिनी र भारतीय सशस्त्र सेनाहरू काँधमा काँध मिलाएर लडे, बङ्गलादेशको मुक्ति सङ्घर्षलाई स्वतन्त्रताको दिशामा निर्णायक मोड दिए । यस विजयले भारतको सैन्य इतिहासलाई पुनः आकार दियो, दक्षिण एसियाको नक्सा पुनः निर्माण गर्‍यो र नयाँ राष्ट्र बङ्गलादेशको जन्म गरायो”, पोस्टमा भनिएको छ ।

भारतीय सेनाले उक्त विजयसँगै ठूला समुदायहरूले भोग्दै आएको पाकिस्तानी सेनाको दमन, हिंसा र क्रुरताको अन्त्य भएको पनि स्मरण गरेको छ । 

सेनाका अनुसार केवल १३ दिनभित्रै कम्तीमा ९३ हजार पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण गरेका थिए, जसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो सैन्य आत्मसमर्पणका रूपमा लिइन्छ । 

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १२ : ४२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद