प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा « Khabarhub

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष पद अस्वीकार गरेका प्रदीप ज्ञवालीको स्थानमा कसलाई अघि सार्ने भन्ने विषयमा ओली र ईश्वर पोखरेल समूहबीच छलफल भइरहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ। तीमध्ये भीम आचार्य, रघुजी पन्त र टंक आचार्यले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। पछिल्लो समय टंक आचार्य ईश्वर पोखरेल समूहमा समेटिएका छन् भने रघुजी पन्त र भीम आचार्य अहिलेसम्म ओली समूहको प्यानलमा परेका छैनन्।

यसअघि टंक आचार्यको स्थानमा रघुजी पन्त वा भीम आचार्यलाई अघि सार्ने विषयमा पोखरेल समूहभित्र छलफल भए पनि अब उम्मेदवार परिवर्तन नगर्ने निष्कर्षमा नेताहरू पुगेको बताइन्छ।

नेताहरूका अनुसार ओली समूहले आचार्य र पन्तमध्ये एक जनालाई उपाध्यक्षको उम्मेदवार बनाउने रणनीति लिएको छ। आचार्यको तुलनामा रघुजी पन्त ओलीको रोजाइमा परेको देखिए पनि यसबारे अध्यक्ष ओलीले सार्वजनिक रूपमा केही बताएका छैनन्।

कोशी प्रदेशबाट धेरै पदाधिकारी भइसकेकाले क्षेत्रीय सन्तुलनका आधारमा पन्तलाई अघि सार्नुपर्ने मत बलियो बन्दै गएको नेताहरूको भनाइ छ। पन्तले पनि ओलीसहितका शीर्ष नेताहरूसँग आफूलाई प्यानलमा समावेश गर्ने विषयमा निरन्तर छलफल भइरहेको बताएका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : १५ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद