काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् । उनले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।
महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।
अहिले महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ ।
निर्वाचन आयोगका सदस्यहरूले बताए अनुसार आज बिहान १२ बजे सुरु हुने भनिएको मतदान कोडिङमा समस्या आएपछि ४ बजे सारिएको थियो। तर ४ बजे पनि आवश्यक प्राविधिक तयारी पूरा नभएपछि आयोगले मतदानको समय थप्ने निर्णय गरेको छ ।























प्रतिक्रिया