‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’ « Khabarhub

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभएको बताएका छन् । 

उनले यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताए । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले पूर्णरूपमा स्वस्थ र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति भेदभाव नगर्न र आफ्ना परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरे । 

सचिव डा.देवकोटाले भने, ‘यस अभियानलाई सफल बनाउन तीनै तहका सरकारलगायत सम्बन्धित सरोकारवाला निकाय सबैबाट सकृय सहभागिताको अत्यन्त आवश्यक छ । यो अभियानमा सबैले खुलेर कुरा गर्न, एक अर्कालाई सुन्न र सकृय सहभागिताका लागि आह्वान गर्दछु ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिर २४ देखि आगामी फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन-मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ४९ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश