काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण कार्यक्रममा नेता पुनले ६ महिनाभित्र ताजा जनादेशमा जानेगरि निर्वाचन गर्ने म्याण्डेडसहित वर्तमान सरकार गठन भएको भन्दै फागुन २१ गते निर्वाचन हुन नसके सरकारको औचित्य नै समाप्त हुने बताएका हुन् ।
तोकिएको निर्वाचनलाई सार्ने छुट समेत वर्तमान सरकारलाई नभएको उनको भनाइ छ । पुनले संविधानबाट बाहिर गएर राजनीतिक दलहरूको सहमतिमा वर्तमान सरकार गठन भएकाले निर्वाचनको मिति सारिए संविधान थप मिचिने जिकिर गरे ।
उनले सरकार र जेन-जीबीच भएको १० बुँदे सहमतिमा केही कुरा राम्रा र केही कुरा सरकारको म्याण्डेडभन्दा बाहिर रहेको बताए ।
अहिले केही जेन-जी युवाहरूले संसद् आवश्यक रहेको धारणा राख्ने गरेको भन्दै उनले जन-जी आन्दोलनपछि अपरिपक्व ढंगले हतारमा विघटन गरिएको जस्तो देखिएको उल्लेख गरे । पुनले जेन-जी युवाहरूले उठाएका जायज मागलाई नेपाली कम्युनिस्ट पार्टीले अघि बढाउने स्पष्ट पारे ।













प्रतिक्रिया