आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत « Khabarhub

आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूको औषधि उपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।

नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीको मिति २०८२-०८-०५ को निर्णयअनुसार उक्त कार्यविधि स्वीकृत गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ कार्यविधिले वि.सं. २०८१ चैत १५ गते तीनकुने, काठमाडौंमा भएको आन्दोलन तथा वि.सं.२०८२ भदौ २३ र २४ गते सम्पन्न ‘जेन जी आन्दोलन’ का क्रममा घाइते भएकाहरूलाई पनि समेटेको छ । 

यसका साथै विगत तथा भविष्यमा हुने आन्दोलन, द्वन्द्व र प्राकृतिक प्रकोपका घाइतेहरूको निःशुल्क उपचार व्यवस्थालाई व्यवस्थित गर्ने लक्ष्य लिइएको छ ।

मन्त्रालयका अनुसार घाइतेलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेबापत सम्बन्धित अस्पतालहरूले तोकिएको प्रक्रिया पूरा गरी औषधि उपचार खर्चको शोधभर्ना पाउने व्यवस्था गरिएको छ । 

यसले उपचारमा संलग्न सरकारी तथा निजी अस्पतालहरूलाई स्पष्ट मापदण्डका आधारमा शोधभर्ना प्रदान गर्न सहज बनाउने विश्वास लिइएको छ ।

स्वीकृत कार्यविधिले उपचार, कागजात, दाबी प्रक्रिया तथा भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै घाइतेहरूको समयमै उपचार सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : ३८ बजे

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी