हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ « Khabarhub

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले परिचित राजकुमार तामाङ लामालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले मंगलबार धनकुटाको पाख्रीबास नगरपालिका–९ का स्थायी बासिन्दा उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

लामा काठमाडौंको बबरमहलमा भएको बम विस्फोटका मुख्य नाइकेका रुपमा चर्चित छन् । बबरमहलस्थित नेपाल आयल निगमको गेटमा २०६८ फागुन १५ गते भएको बम विस्फोटमा परेर तीन जनाले ज्यान गुमाएका थिए। उनी उक्त मुद्दामा सजाय भुक्तान गरी उनी २०७६ सालको प्रजातन्त्र दिवसमा बाँकी सजाय माफी पाएर छुटेका थिए ।

लामा जेलबाट पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा फरार देखिएका उनलाई सीआईबीको टोलीले पक्राउ गरेर पाँचथर पठाउन लागेको छ।

धरानका मेयर हर्कले गठन गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष उनी राजनीतिमा सक्रिय थिए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : ४५ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले