किन स्थगित भयो एमालेको मतदान? « Khabarhub

किन स्थगित भयो एमालेको मतदान?


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान गर्ने तालिका थियो। मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसिसकेपछि एकाएक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

हामीले मतदान किन स्थगित भएको भनेर नेता कर्ण थापालाई सोध्दा प्राविधिक कारण भएको प्रतिक्रिया दिए।

‘मतदान आज हुन सकेन प्राविधिक कारणले। प्रतिनिधिहरु लाइनमा बसिसकेको अवस्था थियो,’ उनले भने, ‘मेसिनमा उम्मेदवारको नाम अल्फाबेटअनुसार नमिलेको कारणले स्थगित भएको भनेर प्राविधिकहरुले भनेका छन्।’

उनले मेसिनमाथि नै विश्वसनीयताको प्रश्न उठेको पनि बताए। एमाले महाधिवेशनमा ८० वटा मेसिनबाट मतदान गर्ने गरी व्यवस्था गरिँदैछ। यसपटक अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक पुनः निर्वाचित हुने रणनीतिमा छन् भने। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीलाई पराजित गरेर नेतृत्वमा जाने ध्याउन्नमा छन्। दुवैले प्यानलनै तयार पारेर चुनावी मैदानमा होमिएका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको