काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ « Khabarhub

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज ‍(मंगलबार) सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा बरामद गरिएको हो।

पक्राउ परेका ग्रेसेसको रानीवनस्थित होमस्टेमा भाडामा लिएको घरको कोठा खानतलासीका क्रममा थप ३२ किलो गाँजा बरामद गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए। पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : १४ बजे

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

चोरी भएको प्रस्तर बुद्ध मूर्ति पुनः स्वयम्भु क्षेत्रको मूल आसनमा स्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा