काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट रौनित साह निर्विरोध निर्वाचित भएका छन् ।
मलगंवा नगरपालिका–३ सर्लाहीमा २०५२ साल माघ २८ गते जन्मिएका साह मधेसी क्लस्टरबाट निर्विरोध निर्वाचित भएका हुन् ।
साहले २०७२ साल जेठ ११ गते सदस्यता लिएका हुन् । जिल्ला कमिटीमा सचिवालय सदस्य साह विगत १२ वर्षदेखि पार्टी संगठनमा आवद्ध छन् । उनी विगत ९ वर्षदेखि जिल्ला कमिटीमा रहेर काम गर्दै आएका छन् ।













प्रतिक्रिया