खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो « Khabarhub

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्ती कतारलाई नेपाल सरकारले खगेन्द्र र रुद्रकली उपहारस्वरूप प्रदान गर्न लागेको हो ।

यसअघि मंगलबार खगेन्द्रप्रसाद र रुद्रकलीलाई चितवनबाट भैरहवा पुर्‍याइएको थियो । स्रोतका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि खगेन्द्र र रुद्रकलीलाई जहाजमार्फत गन्तव्यतर्फ लगिने तयारी छ।

विमानस्थलमा सम्बन्धित निकायका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थिति रहेको बताइएको छ।

कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षका छन् । विसं २०८१ बैंशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : २७ बजे

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग