एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत « Khabarhub

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरू भएयता साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसेको जानकारी दिए ।

उनका अनुसार ८ घण्टाको अवधिमा सोचेभन्दा सुस्त गतिमा मतदान भएको हो । पोखरेलले छिटोमा ९ मिनेटदेखि ढिलोमा २ घण्टा १२ मिनेटसम्म एकजना मतदातालाई मतदान गर्न समय लागेको पनि जानकारी दिएका छन् ।

एमालेले भक्तपुरको सल्लाघारीबाट गत मंसिर २७ गते एघारौँ महाधिवेशन सुरू गरेको थियो । महाधिवेशनअन्तर्गत बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरू भएको थियो ।

यो महाधिवेशनमा कूल २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एक जना मतदातालाई मत हाल्न करिब ३० मिनेटको समय लाग्ने आँकलन गरिए पनि २ घण्टाभन्दा धेरै लागेको छ ।

यो मतदान यही गतिमा अघि बढे बिहीबार मध्याह्नसम्मको समय लाग्ने सम्भावना देखिएको छ। महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : २५ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा