सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन « Khabarhub

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ । 

सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राज्यको निर्देशन अक्षरशः पालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए  । 

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन तथा नागरिकको जिउधनको रक्षा गर्न दिनरात क्रियाशील रहनुपर्ने उनको भनाइ थियो ।

वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले जेन-जी आन्दोलनपछिको अवस्थामा सुरक्षाकर्मीको जिम्मेवारी थपिएको बताए । उनले शान्ति सुरक्षा कायम राख्दै आगामी निर्वाचनका लागि तयारीमा जुट्न पनि निर्देशन दिए ।

 सीमा सुरक्षा मुख्य प्राथमिकता भएको भन्दै उनले अवैध आवतजावत, लागूऔषध, मानव तस्करी तथा चोरी तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गरे ।

‘राज्यका सबै सुरक्षा निकायले हातेमालो गरेर अघि बढ्नुपर्छ, जनताले तिरेको करबाट बनेको भवनको सदुपयोग गर्दै अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम राख्नुपर्छ,’ सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले भने ।

सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार ब्यारेक भवन दुई चरणमा निर्माण गरिएको हो । पहिलो चरणमा ६१ लाख ७७ हजार रुपैयाँ र दोस्रो चरणमा ५४ लाख ६ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको हो । नवनिर्मित भवन आवासीय प्रयोजनका लागि प्रयोग गरिनेछ ।

यसैगरी, आजै नवराजपुर गाउँपालिका–४ नवराजपुरमा सशस्त्र प्रहरी बलको बिओपी कार्यालयको पनि उद्घाटन गरिएको छ । उक्त बिओपी कार्यालय ३९ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले नवनिर्मित संरचनाले सञ्चालनमा आएपछि सीमामा हुने सुरक्षात्मक गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

उद्घाटन कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सिरहाको भारतसँग जोडिएको ४६ किलोमिटर सिमानामा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण अन्तर्गत  दुई सीमा सुरक्षा गुल्म र पाँच बिओपी गरी सात वटा युनिट सिमानामा रहेका छन् भने पाँच सुरक्षा वेश र जिल्ला सदरमुकाम सुरक्षा वेश एउटा गरी जम्मा १३ वटा कार्यालय रहेका छन् । रासस
 

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ६ : ४७ बजे

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले