बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ महानगरपलिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो ।’

निज श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रवक्ता आचार्यले बताए।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ४५ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा