त्रिवि जनप्रशासन विभागमा तालाबन्दी | Khabarhub Khabarhub

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ ।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै सङ्घको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित बनेको हो ।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ । शाहीको नियुक्तिसँगै विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको सङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ०० बजे

बैतडीमा रेबिजविरुद्धको खोप अभाव

बैतडी– बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४