उपमहासचिवतर्फ सुरक्षित देखिएनन् ओलीका विश्वासपात्र विष्णु रिमाल « Khabarhub

उपमहासचिवतर्फ सुरक्षित देखिएनन् ओलीका विश्वासपात्र विष्णु रिमाल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि एघारौँ महाधिवेशनमा भएको मतदानको मतपरिणाम आइरहेको छ।

अहिलेसम्म ६६६ मतको परिणाम आइरहँदा उपमहासचिवतर्फ अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीका सहयोगी विष्णु रिमाल असुरक्षित देखिएका छन् ।

पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली प्यानलको अग्रता देखिँदा महासचिवमा शंकर पोखरेल अगाडि नै छन् ।

उपाध्यक्षमा संस्थापन इतरका नेता गोकर्ण विष्टले जित्ने सम्भावना देखएका छन् ।

उता उपमहासचिवमा योगेश भट्टराईले ओली प्यानलकै जस्तो मत पाएका छन् । यहाँ लेखराज भट्ट ४४ मतसहित सबैभन्दा अगाडि छन् ।

उनीपछि योगेश भट्टराई ४०४ मतसहित बलियो अवस्थामा छ । उता रघुवीर महासेठले २९३ मत पाएका छन् ।

यहाँ ओलीका सहयोगी विष्णुप्रसाद रिमाल भने ३२५ मतसहित चौथो स्थानमा छ । ओलीका एकजना सहयोगी प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नै दिएनन् ।

अब ओलीका भित्री सहयोगी महासचिव शंकर पोखरेल र विष्णु रिमाल छन् । पोखरेल सुरक्षित हुँदा रिमाल भने रेड जोनमा परेका छन् ।

त्यस्तै, प्रतिस्पर्धामा रहेका आनन्द प्रसाद पोखरेल र वैजनाथ चौधरी क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

उपमहासचिव

योगेश भट्टराई – ४०४

लेखराज भट्ट – ४४०

रघुवीर महासेठ – ३९३

विष्णु प्रसाद रिमाल – ३२५

आनन्द प्रसाद पोखरेल – २०४

वैजनाथ चौधरी – १५१

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : ०१ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल