निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल « Khabarhub

निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका छन् । 

बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगायत सबैसँग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले निर्वाचनलाई उत्सवका रुपमा नभई महोत्सवका रुपमा सम्पन्न गर्न सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा समेत सरकारले विशेष ध्यान दिएको बताए  ।

पछिल्लो तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको भन्दै उनले विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । 

मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : १२ बजे

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा

दोहा – शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७