काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका लागि नयाँ प्रस्थानबिन्दु हुने बताएका छन् ।
बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै पार्टीलाई आगामी दिनमा बलियो रुपमा अघि बढाउन पार्टीको महाधिवेशन नयाँ प्रस्थान बिन्दु हुने बताएका हुन्।
उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै जनताको फ्रेस म्यान्डेड निर्वाचनमा होमिनुपर्ने बताए । त्यसका लागि पार्टीको नीतिमा पुनरावलोकन र संरचनामा सुधार गर्न विधान संशोधनको आवश्यकता रहेको उनले बताए ।
उनले समयमा नै महाधिवेशन र निर्वाचनका निम्ति सबैले दबाब दिनुपर्ने धारणा राखे । त्यस्तै नेता घिमिरेले आगामी दिनमा कांग्रेसका तर्फबाटको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प लिएको बताए ।
मधेशका जनतामाथि भएको विभेदलाई अन्त्य गर्न सरकारको नेतृत्वमा कांग्रेस नै हुनुपर्ने उनको भनाइ छ । उनले अन्य दलहरूले मधेशको नाममा राजनीति मात्र गरेको तर समस्या समाधानमा भने ध्यान दिन नसकेको बताए ।













प्रतिक्रिया