शिल्पा शेट्टीसँग जोडिएको ‘बास्टियन’ रेस्टुरेन्टमा आयकरको छापा « Khabarhub

शिल्पा शेट्टीसँग जोडिएको ‘बास्टियन’ रेस्टुरेन्टमा आयकरको छापा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको चर्चित ‘बास्टियन’ रेस्टुरेन्टमा भारतको आयकर विभागले छापा मारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको बान्द्रा क्षेत्रमा रहेको उक्त रेस्टुरेन्टमा बुधबार आयकर अधिकारीहरूको टोलीले घण्टौँसम्म कागजात जाँच र अनुसन्धान गरेको हो।

छापाबारे आयकर विभागले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन। अनुसन्धानको कारण र दायरा पनि खुलाइएको छैन।

यसअघि शिल्पा शेट्टीसँग सम्बन्धित बेंगलुरुस्थित ‘बास्टियन’ रेस्टुरेन्टविरुद्ध पनि कानुनी कारबाही अघि बढेको थियो। निर्धारित समयभन्दा बढी समयसम्म रेस्टुरेन्ट खुला राखिएको र राति अबेरसम्म पार्टी आयोजना गरी नियम उल्लङ्घन गरिएको आरोपमा मंगलबार एफआईआर दर्ता गरिएको कर्नाटक प्रहरीले जनाएको छ। उक्त मुद्दा कर्नाटक पुलिस ऐनअन्तर्गत दर्ता गरिएको हो।

घटनाक्रमबारे प्रतिक्रिया दिँदै शिल्पा शेट्टीले यो सबै कानुनी प्रक्रियाको हिस्सा भएको बताएकी छन्। आफूले कुनै नियम उल्लङ्घन नगरेको दाबी गर्दै कानुनी आधारबिना आरोप लगाइएको उनको भनाइ छ। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।

यसैबीच, शिल्पा शेट्टी र उनका पति राज कुन्द्रासँग जोडिएको करिब ६० करोड रुपैयाँ बराबरको ठगीसम्बन्धी अर्को मुद्दामा पनि अनुसन्धान जारी रहेको बताइएको छ। मुम्बईका एक व्यापारीले ऋण सहलगानी सम्झौतासँग सम्बन्धित विषयमा दम्पतीविरुद्ध आरोप लगाएका हुन्।

हाल यी सबै विषय विभिन्न कानुनी तहमा विचाराधीन रहेकाले अन्तिम निष्कर्ष आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ४ : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका