रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त « Khabarhub

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ४ वटा शर्त राखेको छ ।

लामिछानेले नै सुप्रिम सहकारीबाट आफू काम गरेको संस्थामा प्रवाह भएको बिगो मध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखेर मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर माग गरेको र बचतकर्ता र लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिएकोले शर्तसहित अदालतले छाड्न आदेश दिएको हो ।

अदालतले लामिछानेलाई ०८१ माघ १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी स्वीकार गर्ने र २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोका हकमा सुरक्षित गर्ने शर्त राखेको छ ।

साथै, अदालतले व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिने र फैसला हुँदा थप दायित्व सिर्जना भएकोमा पनि बुझाउन मन्जुर हुनुपर्ने शर्त राखेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : २७ बजे

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा

दोहा – शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७