प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक « Khabarhub

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक गरिएको छ। यो गीतले दर्शकलाई फिल्मको रोमान्टिक पक्षसँग नजिकबाट परिचित गराएको छ।।

टी–सिरिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रभास र अभिनेत्री निधि अग्रवालबीचको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। आकर्षक लोकेसन र सौम्य प्रस्तुतिले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गीतमा चर्चित संगीतकार थमन एसको संगीत रहेको छ भने शब्द कृष्णा कान्थले लेखेका हुन्। ‘सहाना सहाना’मा विशाल मिश्रा, थमन एस र श्रुति रञ्जनीको स्वर समावेश छ। यो गीत विभिन्न भाषामा सार्वजनिक गरिएको छ।

मारूतीद्वारा लिखित तथा निर्देशित ‘द राजा साब’ तेलुगु भाषाको रोमान्टिक–हरर कमेडी फिल्म हो। फिल्ममा प्रभास र निधि अग्रवालसँगै सञ्जय दत्त, बोमन इरानी, मालविका मोहनन, रिद्धि कुमार र जरिना वहाबलगायत कलाकारको अभिनय रहेको छ।

निर्माण पक्षका अनुसार ‘द राजा साब’ आगामी ९ जनवरी २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : २८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित