घाइतेलाई बोरामा हालेर इँटाभट्टासम्म लान प्रयोग गरिएको ट्रयाक्टर प्रहरीद्वारा बरामद | Khabarhub Khabarhub

घाइतेलाई बोरामा हालेर इँटाभट्टासम्म लान प्रयोग गरिएको ट्रयाक्टर प्रहरीद्वारा बरामद


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मार्ने क्रममा प्रयोग भएको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

विस्फोटमा घाइतेहरुलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले सोमबार बरामद गरेको हो ।

वम विस्फोटका मुख्य अभियुक्त पूर्व मन्त्री मोहमद अफताव आलमका भाइ महताव आलमले घटना पछि उक्त ट्रयाक्टर प्रमाण लुकाउन बिक्री गरेका थिए ।

ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफताबका भाइ महतावले २०६७ असार २३ गते अर्कोलाई बिक्री गरेको प्रहरीको भनाइ छ ।

२०५७ जेठ २४ गते महताव आलमकै नाउँमा खरिद भएको सो ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटाभट्टासम्म लान प्रयोग गरिएको प्रहरी भनाइ छ । घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि उनले बिक्री गरेको प्रहरीले जनाएको छ ।

अहिले सो ट्रयाक्टर जिल्लाको देवाहीगेनाही नगरपालिका–२ करुनीया निवासी उमाशंकर साहको नाउँमा कायम गरिएको छ । उनले ट्रयाक्टर नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो ।

सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डिएसपी नबिन कार्कीले जानकारी दिए ।

बम विस्फोटका दर्जनौ घाइतेलाई बोरामा कोचेर सोहि ट्रयाक्टरमा लोड गरी इँटाभट्टातर्फ लगिएको थियो । उनीहरुलाई अफताब आलमका भान्जा मुस्ताक राजाको राजा इँटाभट्टामा जलाएको पीडित परिवारको आरोप छ ।

गत असोज २६ गते राजपुरबाट जिल्ला सदरमुकाम गौर आउने क्रममा पक्राउ परेका पूर्वमन्त्री आलमविरुद्ध दर्ता भएको कर्तव्य ज्यान तथा विष्फोटन पदार्थसम्बन्धी प्रहरी प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी कार्कीले बताए ।

असोज २६ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिन थुनामा राखी घटनाको अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले आइतबार ५ दिनको लागि म्याद थप गराएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ४५ बजे

बैतडीमा रेबिजविरुद्धको खोप अभाव

बैतडी– बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४