तीन वर्षदेखि इलाका प्रशासन बन्द « Khabarhub

तीन वर्षदेखि इलाका प्रशासन बन्द


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् ।

कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् । सरकारले साविक १० गाउँ विकास समितिका बासिन्दालाई लक्षित गरी विसं २०७३ असार ३० गते इलाका प्रशासन कार्यालय स्थापना गरेको हो ।

इलाका प्रशासन कार्यालयबाट प्राप्त हुने नागरिकता र सिफारिश लिन यहाँका चार गाउँपालिकाका बासिन्दा चारदेखि पाँच दिन पैदल हिँडेर जिल्ला प्रशासन कार्यालय सिमकोट पुग्ने गरेका छन् ।

इलाका प्रशासनको बोर्ड टाँसियो, कार्यान्वय भएनन्

इलाका प्रशासन कार्यालय सर्केगाड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । इलाकाबाट हुने सेवासुविधा यहाँका बासिन्दाले अहिलेसम्म नलिएको बताएका छन् । नागरिकता र राहदानीको सिफारिश लिन सदरमुकाम सिमकोट नपुगी सुख छैन ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले केही वर्ष पहिला निमित्त कार्यालय प्रमुखका रूपमा नायबसुब्बा भीम रोकायालाई खटाएको थियो । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएपछि रोकायालाई पुनः जिल्लामै तानेको थियो ।

जिल्ला प्रशासन कार्यालयमै कर्मचारी अभाव भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताउनुभयो । नायबसुब्बा, खरिदार, कम्प्युटर अपरेटरको अभाव रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ३३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर