एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा « Khabarhub

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ५० वर्ष लामो राजनीतिक यात्रालाई समेट्दै उनले ६६ वर्षको उमेरमा सक्रिय भूमिकाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

अधिकारीले ४४ वर्ष पूर्णकालीन रूपमा राजनीति गरेको उल्लेख गर्दै इमान, निष्ठा र समर्पणका साथ काम गरेको बताएका छन्। ‘तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरें,’ उनले लेखेका छन्। 

कार्यशैलीबारे उल्लेख गर्दै उनले जिम्मेवारी जसरी पनि पूरा गर्ने बानी रहेको र ढिलासुस्तीको विरोधी रहेको बताएका छन्।

नेकपा एमालेमा ३३ वर्ष निरन्तर केन्द्रीय सदस्य रहे पनि आफूलाई नेता नभई कार्यकर्ता मानेको उनको भनाइ छ। पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको र समाज परिवर्तनका लागि हिँडेको सच्चा कार्यकर्ता भएको उल्लेख उनले गरेका छन्।

अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने स्पष्ट पार्दै अधिकारीले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशको हितमा सक्दो योगदान दिने बताएका छन्। नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गर्दै खुसीका साथ सक्रिय राजनीतिबाट बिदा भएको उनको स्ट्याटसमा उल्लेख छ।

लामो राजनीतिक यात्रामा भएका आफ्ना भूलचुकप्रति सम्बन्धित सबैसँग क्षमायाचना गर्दै अधिकारीले बिदाइ सन्देश टुंग्याएका छन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन