एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा « Khabarhub

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ५० वर्ष लामो राजनीतिक यात्रालाई समेट्दै उनले ६६ वर्षको उमेरमा सक्रिय भूमिकाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

अधिकारीले ४४ वर्ष पूर्णकालीन रूपमा राजनीति गरेको उल्लेख गर्दै इमान, निष्ठा र समर्पणका साथ काम गरेको बताएका छन्। ‘तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरें,’ उनले लेखेका छन्। 

कार्यशैलीबारे उल्लेख गर्दै उनले जिम्मेवारी जसरी पनि पूरा गर्ने बानी रहेको र ढिलासुस्तीको विरोधी रहेको बताएका छन्।

नेकपा एमालेमा ३३ वर्ष निरन्तर केन्द्रीय सदस्य रहे पनि आफूलाई नेता नभई कार्यकर्ता मानेको उनको भनाइ छ। पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको र समाज परिवर्तनका लागि हिँडेको सच्चा कार्यकर्ता भएको उल्लेख उनले गरेका छन्।

अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने स्पष्ट पार्दै अधिकारीले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशको हितमा सक्दो योगदान दिने बताएका छन्। नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गर्दै खुसीका साथ सक्रिय राजनीतिबाट बिदा भएको उनको स्ट्याटसमा उल्लेख छ।

लामो राजनीतिक यात्रामा भएका आफ्ना भूलचुकप्रति सम्बन्धित सबैसँग क्षमायाचना गर्दै अधिकारीले बिदाइ सन्देश टुंग्याएका छन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : २५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते